काठमाडौं । जेरी’ उपनामले चर्चित लोकदोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन टुटेको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले बिहीबार डिभोर्स गरेकी छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेकोे थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगे ।
त्यसपछि बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर जेरी र शंकरले डिभोर्स गरे । केहिदिन अगाडी जेरी छोरीकै निम्ति भएपनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् ।
अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको जेरीले बताएकी थिइन् । तर, खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकरकै कारण सम्बन्धविच्छेद हुन पुगेको बताइएको छ ।
सम्बन्धविच्छेद भैसकेपछि उनले शंकरले आफुलाई मानसिक यातना दिएको बताएकी छन् । उनले सधै नराम्रो नजरले हेर्ने गरेको जेरीले शंकरमाथि आराृप लगाएकी छन् ।