Logo
Logo

शनिबार चितवनमा गठबन्धनको चुनावी सभा : क-कसले गर्दैछन् सम्बोधन ?


1.3k
Shares

चितवन । चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको सत्ता गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।

यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्