Logo
Logo

राप्रपाको चुनावी सभामा मनिषा कोइरालाको सम्बोधन


1.6k
Shares

पोखरा । भारतीय अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभालाई सम्बोधन गरेका छन् । शुक्रबार पोखराको पृथ्वीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले इमानदार पार्टी राप्रपा भएकाले भोट दिन आग्रह गरे । 

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनिषाले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताए । 

राप्रपाले बीपी विचारलाई पछ्याएको बताए । उनले भने, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । उहाँले भन्नु भएको थियो- भ्रष्टाचार गर्ने भनेको आमाको रगत खानु हो भनेर, त्यो सुनेपछि मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भन्ने लाग्यो ।’ 

अरुले बिर्से पनि राजेन्द्रले बीपीको सिद्धान्त नभुलेको बताए । त्यस्तै कांग्रेसको १४औं महाधिवेसनमा राजेन्द्रले गरेको भाषण पनि आफूलाई मन परेको उनले बताए । उनले भने, ‘अरुले बिर्से होला तर राजेन्द्रजीले विर्सनु भएको छै बीपी बाको मेलमिलापको नीति, जब नेताहरू गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्यो ।’

अन्य पार्टीका नेताहरूले वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्