Logo
Logo

मंसिर ४ पछि ओलीको घाम कहिले उदाउने छैन : टंक राई


6.2k
Shares

खोटाङ । नेकपा (माओवादी केन्द्र) अनुशासन आयोगका अध्यक्ष टंक राईले मंसिर ४ गतेपछि एमालेको घाम कहिले नउधाउने दावी गरेका छन् ।

खोटाङको चिसापानी बजारमा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वसांसदसमेत रहेका अध्यक्ष राईले भने, ‘आगामी मंसिर ४ गतेपछि केपी ओलीको घाम कहिले पनि उदाउने छैन । तपाई हाम्रो जीत सुनिश्चित छ ।’

उनले बाम–लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको बताए । त्यस्तै, एमालेका उम्मेदवारहरु निर्वाचन अगाडी नै डराई सकेको समेत राईले दावी गरे । उनले बाम–लोकतान्त्रिक गठबन्धन हारेको खण्डमा सिंगो जिल्ला हार्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्