Logo
Logo

अमनलाललाई सहज बन्दै, घरदैलो अभियानमा महेशको साथ  


945
Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य हिँडेका छन् । 

गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा अमनलाल, प्रदेशसभाको (क)मा गुरुराज घिमिरे र (ख)मा भीम पराजुलीलाई मत मागेका हुन् । 

०७४ सालमा अमनलालसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ- ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनकाे भागबन्डामा त्यस क्षेत्र माओवादी केन्द्रले पायो ।

माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् ।  बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको  रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

मोरङ– ४ मा एमालेबाट उम्मेदवार बनेका विनाेद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन् । 

अमनलाललाई जिताउने अभियानमा महेश आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता–कार्यकर्ताहरूले जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्