Logo
Logo

संखुवासभा : बदला लिने दाउमा गठबन्धन


315
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निवार्चनमा संखुवासभामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार दीपक खड्का र एमालेका राजेन्द्र गौतमबीच टक्कर हुने भएको हो । यसअघि दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका क्षेत्री र गौतमबीच तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघिको प्रतिस्पर्धामा दुवै जनाले एक–एक पटक चुनाव जितेका छन् । ०७४ को निर्वाचनमा यहाँ एमालेका उम्मेदवार गौतम विजयी भएका थिए । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएर विजयी भएका थिए भने त्यसबेला खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए ।

जम्मा १ हजार १ सय ३० मतान्तरले विजयी भएका एमालेका उम्मेदवार गौतमलाई यस पटक भने चुनाव जित्न चुनौती छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादीको मतसहित उनी विजयी भएका थिए । ०७४ मा एमाले र माओवादीले चुनावी गठवन्धन बनाएका थिए ।

तर, योपटक चुनावी कोर्स बदलिएको छ । अहिले नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको वाम लोकतान्त्रिक गठवन्धन छ । त्यसैले यो पटक अघिल्लो निर्वाचनको बदला लिने दाउमा खड्का रहेकाछन् । आफू चुनाव जित्नेमा खड्का ढुक्क छन् ।

स्थानीय तहको मत परिणाम अनुसार पनि गठबनधनका उम्मेदवार खड्का बलियो देखिन्छन्। संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका गरि १० स्थानीय तह छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस ६ र एमाले ४ स्थानीय तहमा विजयी भएका थिए ।

१ लाख १७ हजार ५ सय ५४ जना कुल मतदाता रहेको संखुवासभामा ५६ हजार ६ सय ९० महिला र ६० हजार ८ सय ६४ पुरुष मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्