Logo
Logo

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान


441
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति बाइडेनको पदभार ग्रहण लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुग्नु भएको थियो ।;

‘दुई नेताले पटक-पटक फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ । अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयातका दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच छलफल भइरहेका छन् र राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ’, सुलिवानले भने ।

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि भेटवार्ता गरेका थिए ।

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

जी-२० अन्तरराष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपिको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाईको प्रतिनिधित्व गर्दछ ।

जी-२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ । अर्को वर्ष हुने जी-२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तरराष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्