Logo
Logo

एमालेको भोट माग्दै हिँडने मेयरलाई २५ हजार जरिवाना


13.4k
Shares

काठमाडौं । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई कारबाही गरेको छ ।

निर्वाचन आचारसंहिताविरुद्ध नेकपा एमालेको चुनावी प्रचारमा सहभागी भएपछि आयोगले मेयर जैसवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जैसवारले चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले नगद २५ हजार रुपैयाँ जरिवाना गरेका हो ।

निर्वाचन आचारसंहितअनुसार स्थानीय सरकारका जनप्रतिनिधिले आफू निर्वाचित भएको स्थानीय तहमा कुनै पनि राजनीतिक दलको चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् । तर, जैसवार भने नियमितजसो एमालेको प्रचारमा सहभागी हुने गरेका छन् । 

त्यसैगरी, जैसवारले निर्वाचन आचारसंहिता लागु भइसकेपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएको बाहेकका कार्यक्रम गरेको विषयमा समेत आयोगले प्रश्न गरेको थियो । जैसवारले एमालेको पक्षमा जनमत बनाउन स्वीकृत बजेट तथा कार्यक्रम बाहेकका कार्यक्रम गरेका थिए ।

आयोगले मेयर जैसवारविरुद्ध नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकास नगर्न कोष तथा लेख नियन्त्रण कार्यालयलाई लेखिपठाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्