Logo
Logo

धादिङमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु


315
Shares

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्