Logo
Logo

टी-२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दै


504
Shares

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इङ्ल्यान्ड भिड्दैछन् । अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्तै इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो।

पाकिस्तान र इङ्ल्यान्डले यसअघि १र१ पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो।

यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्