Logo
Logo

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो


252
Shares

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको छापवाल सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९६ हजार ८ सय कायम भएको छ । तेजावी सुनको भाउ अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्