Logo
Logo

काठमाडौं–७ मा मानुषीलाई समर्थन गर्दै श्रेष्ठको उम्मेदवारी फिर्ता


5.4k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा जनसमाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गर्ने भएको छ ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै मानुषीलाई समर्थन गरेको बताएका हुन् ।

रक्षा र विकासका लागि मानुषीलाई समर्थन गरेको भन्दै उनले विज्ञप्तिमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन्।

नेपाल समाजवादी पार्टीकी नेता मानुषी काठमाडौं ७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छन् । उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्