Logo
Logo

देउवा र म मिलेपछि समृद्धिको गति अघि बढ्छ : प्रचण्ड


945
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुरसँग मिलेपछि अहिले नहुने केही कुरा नभएको बताएका छन् ।

आइतबार गोरखाको चुमनुब्रीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवा र आफू मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने दावी गरे । दुर्गम र जटिल भौगोलिक संरचना रहेको उत्तरी गोरखाको विकासलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ ।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको रक्षा, आर्थिक विकार र समृद्धिका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ ।’

आफू उम्मेदवार रहेको गोरखा–२ का मतदातालाई आग्रह गर्दै प्रचण्डले भने, ‘गोरखा क्षेत्र नम्बर मा प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेश सभा ‘ख’मा कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई जिताउनु । उहाँहरुलाई संघ र गण्डकी प्रदेशमा मन्त्री बनाउन म पनि भूमिका खेल्छु ।’ दुवैजनालाई जिताएपछि मन्त्री बनाएर गोरखाको विकासलाई तीव्रता दिइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्