Logo
Logo

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको जित


567
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडसँग फुलहम पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टरले फुलहमलाई २–१ ले हराएको हो ।

१४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए ।

इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्