Logo
Logo

गगनलाई हराउन आफ्नै पार्टीका वडाअध्यक्ष सक्रिय


26.9k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापालाई हराउन आफ्नै पार्टीका वडा अध्यक्ष लागिपरेका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिवसमेत रहेका काठमाडौ वडा नं ४ का वडाअध्यक्ष विमल होडा गगन थापालाई हराउनतिर लागेका हुन् । स्रोतका अनुसार पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका गगनले चुनाव जितेपछि ‘प्रधानमन्त्री बन्ने’ इच्छा व्यक्त गरेकाले गगनलाई हराउन विमल अघि सरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस पटक पनि उनी चुनाव जित्ने दाउमा छन् । गगनले चुनावी प्रचारलाई तिव्र बनाइरहेका बेला विमल भने आफ्नै पार्टीका नेताको अनर्गल प्रचारमा लागेका हुन् ।

गगन थापा स्वास्थ्यमन्त्री हुँदा भक्तपुर क्यान्सर हस्पिटलमा भरोसा सर्भिसेस प्रा.लि.का संचालक विमल होडाले कर्मचारी भर्ना तथा आपूर्तिको जिम्मा पाएका थिए । त्यसबेला आर्थिक अनियमितता तथा श्रमशोषण गरि अवैध आम्दानी गरेको समाचार बाहिर आएपछि सरकारले नियन्त्रणमा लिएको थियो ।

विमलकै कारण अस्पताल सरकारले नियन्त्रण गरेको थियो । विमलले भ्रष्टाचार गरेपछि भक्तपुर अस्पताल व्यक्ति स्वार्थमा डुबेको भन्दै सरकारले भदौ २०७६ मा सरकारले सो अस्पताल आफ्नो मातहचतमा ल्याएको थियो ।

साथै, हाल नेपाल सरकारले सञ्चालन गर्र्दै आएको भक्तपुर क्यान्सर हस्पतालमा गगन थापा स्वास्थ्यमन्त्री हुँदाताका कम्पनीको ठेक्कापट्टामा श्रमशोषण गरेको हुँदा भक्तपुर क्यान्सर अस्पताललाई सरकारले अनदान रोकेको थियो । सोही कारण गगनसँग पुरानो रिस फेर्न विमल गगनलाई हराउन लागेको स्रोतको भनाइ छ ।

होडा अहिले गगन थापाको अनर्गल प्रचारप्रसारमा व्यस्त छन् । बालुवाटारको निर्देशनबाट जसरी होस्, गगनलाई हराउन कम्मर कसिएर लागेका छन् । विगतका वर्षमा पनि यस्तै अनर्गल प्रचारप्रसार गरी पूर्वसभासद प्रभा घिमिरेलाई चुनावमा हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्