Logo
Logo

गण्डकीका ३ चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

आज आयोजनाहुने चुनावी सर्भा गोरखा २ आफ्नै निर्वाचन क्षेत्र तनहुँ १ मा गठबन्धनका तर्फबाट काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल र लमजुङ माओवादीबाट देव गुरुङको चुनावी क्षेत्र भएकाले सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता समेत पुग्ने भएका हुन् ।

यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए । निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको अवस्थामा सबै दलका उम्मेदवार घरदैलो देखि चुनावी सभामा व्यस्त रहेका छन् । उम्मेदवारहरुलाई निर्वाचन प्रचारप्रसारका लागि निर्वाचन आयोगले मंसिर १ गते सम्मको मात्र समय दिइएको छ । त्यस पश्चात निर्वाचनको मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्