Logo
Logo

युवाको आकर्षण र ज्येष्ठ नागरिकको सद्भावका कारण जित्नेमा ढुक्क प्रदीप


1.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उनीहरु आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर संसद छिर्ने दाउमा छन् ।

यस्तै मध्येका एक हुन् काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धनका साझा उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेल । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका प्रतिस्पर्धीलाई हराएर पौडेल देशको विकास र समृद्धि, आवश्यक कानुन निर्माण, जनताका जल्दाबल्दा समस्या समाधानका लागि काम गर्न र आवाज उठाउन संसदमा जान चाहेको बताउँछन् ।

दैनिक घरदैलोसहित चुनावी कार्यक्रम गरिरहेका पौडेल मतदाताको सद्भाव र सहयोगले आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । मतदाताको घरदैलोमा पुग्दा युवाको आकर्षण र ज्येष्ठ नागरिकको सद्भाव र उनीहरुले दिने विजयीको शुभकामना र आर्शीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।

प्रदीप घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिने युवाको उत्तिकै भिड देखिन्छ । घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्