Logo
Logo

निर्वाचनका बेला तीन दिन बिदा दिन आयोगको सिफारिस


819
Shares

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन प्रस्ताव गरेको हो । मंसिर ३ गते शनिबार पर्ने भएकाले तीन दिनमात्र बिदाको सिफरिस गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार यसबारे केहि दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री कार्यालय पठाइएको छ । बिदाबारे मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने प्रावधान छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिनमात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्