Logo
Logo

माधवको प्रक्षेपण- माओवादीभन्दा एमाले सानो दल हुन्छ


22.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले तेस्रो दल बन्ने प्रक्षेपण गरेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नेपाली कांग्रेस पहिलो र नेकपा माओवादी केन्द्र दोस्रो हुने दाबी गरेका अध्यक्ष नेपालले एमाले तेस्रो पार्टीे मात्र बन्ने प्रपेक्षण गरेका हुन् ।

नेकपा एमाले माओवादीभन्दा पनि सानो दल बन्ने प्रक्षेपण गरेका अध्यक्ष नेपालले आफ्नो पार्टीले भने चौथौं स्थान कायम राख्ने दाबी गरेका छन् ।

कान्तिपुरसँगको अन्तरर्वाताको क्रममा सोधिएको ‘सहयोगी दलहरुको सिट कति आउँछ ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष नेपालले भने– ‘मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ । दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस पहिलो दल बनेता पनि बहुमत प्राप्त गर्न नसक्ने बताएका छन् । उनले भने– ‘कांग्रेसको पनि बहुमत त पुग्दैन, तर सबैभन्दा ठूलो दल उही बन्छ । मैले संख्यात्मक रूपमा आकलन गरेको छैन ।’

सरकारमा हुँदा गरेको बदमासीका कारण एमाले धेरै कमजोर भएकाले यसपटक तेस्रो दलमा खुम्चने अध्यक्ष नेपालको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्