Logo
Logo

१३ जिल्लाका प्रहरी प्रमुखको हेरफेर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ असार
विभिन्न १३ जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ५० जना एसपीको सरुवा गरेको हो ।
सरुवामा धेरै जसो बदनामहरुले अवसर पाएका छन् । सरुवाअनुसार आकर्षक जिल्ला रुपन्देहीमा एसपी हेमकुमार थापाको सरुवा भएको छ । उनी अख्तियारमा कार्यरत थिए । रुपन्देहीका हृदय थापाको प्रबन्ध शाखामा सरुवा भएको छ ।


दाङमा जनक भट्टराईको सरुवा भएको छ । दाङका बेल पाण्डेको प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।
बाग्लुङको प्रहरी प्रमुखमा नवराज भट्टलाई पठाइएको छ । बाग्लुङका एसपी कृष्णहरी शर्मा फेरि अवधि नपुगी सरुवामा परेका छन् । सप्तरीमा विवादास्पद पृष्ठभमुी कृष्ण प्रसाईलाई पठाइएको छ ।
सिन्धुपाल्चोकमा कार्यक्षमतामा कमजोर प्रज्वल महर्जनले अवसर पाएका छन् । बारामा विकासराज खनालको सरुवा भएको छ । डोटीमा दिलिपसिंह देउजा, सुर्खेतमा दिल्लीराज पन्त, गुल्मीमा राजेन्द्रसिंह खड्काको सरुवा भएको छ । यसअघि नै पाल्पाका काज सरुवा भएका दिपेन्द्र जिसी, कपिलवस्तुमा सरुवा भएका दीपशमशेर राणा, नुवाकोटका अभिनारायण काफ्ले, गोरखाका ओम अधिकारीको त्यही दरबन्दी कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्