Logo
Logo

प्रचण्डविरुद्धको रिट न्यायाधीश कार्कीको इजलाशमा


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ ।

कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेकाे हाे । उक्त रिट न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तेस्रो नम्बरमा परेको छ ।

प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट कात्तिक २४ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठ बदरको माग गर्दै बुढाथोकी र आरणले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।

माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने बताएका थिए ।

हत्याको जिम्मा लिएको व्यक्ति पनि खुल्लम–खुला हिंड्नु संविधान र प्रचलित कानून विपरीत रहेको भन्दै द्वन्द्व पीडितहरूले दाहाललाई पक्राउ गर्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्