Logo
Logo

गठबन्धनका कार्यकर्ता एमालेद्वारा कुटिए, कारबाहीको माग गर्दै सडक अवरुद्ध


2.3k
Shares

दार्चुला । दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । नेकपा एमालेले कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई कुटपिट गरेको भन्दै उनीहरुले सडक बन्द गरेका हुन् ।

गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।
नौगाड गाउँपालिका–६ खेडमा चुनावी प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा हुने आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच आइतबार साँझ झडप भएको थियो ।

गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरेर कारबाही गरेमात्रै सडक खुलाउने बताएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि नौगाडमा आयोजित एमालेको चुनावी सभामा हिँडेका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन थालेका छन् । आज एमालेले नौगाडमा चुनावीसभा गर्दैछ । तर, एमाले कार्यकर्ता होपरीगाड जामिर क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताउँदै भने, ‘यो झडप हैन्, हाम्रा मान्छेमाथि सयौंले एकै जनालाई कुटपिट गरेका हुन् । हामीले त्यसको विरोध गरेका हौँ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्