Logo
Logo

इलाम-१ : छैटौँ पटक जीतको खोजिमा झलनाथ


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सममानीत नेता झलनाथ खनाल छैटौँ पटक चुनाव जित्ने अभिलाषासहित चुनावी मैदानमा छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलाम–१ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल गत स्थानीय तह निर्वाचनको मतको आधारलाई हेर्दा पनि बलियो देखिएका छन् । यो क्षेत्रमा लगातार पाँच पटक निर्वाचन जितेका खनाल यस पटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।

इलाम–१ मा ८ राजनीतिक दल र ३ स्वतन्त्रसहित ११ उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा खनाल र एमालेका उम्मेदवार महेश बस्नेतबीच देखिन्छ । बस्नेत बस्नेत इलाम नगरपालिकाका पूर्वमेयर तथा एमाले जिल्ला कमिटी अध्यक्षसमेत हुन् ।

गत बैशाखमा सम्मनन स्थानीय निर्वाचनको परिणामअनुसार यो क्षेत्रम एमाले दुस्रो दल हो । एमालेले स्थानीय निर्वाचनमा यो क्षेत्रमा २६ हजार बढी मत पाएको थियो ।

यस्तै, दोस्रो बनेको नेपाली कांग्रेस र तेस्रोमा नेकपा एकीकृत समाजवादी बनेको थियो । कांग्रेस र समाजवादीले स्थानीय निर्वाचनमा क्रमशः २५ हजार र ९ हजार बढी मत पाएको छ । कांग्रेस र एकीकृत समाजवादीको मत जोड्दा ३४ हजारभन्दा बढी मत हुन्छ ।

यो क्षेत्रमा तीन जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । मंसिर ४ हुने निर्वाचनमा कांग्रेसको मत खनाललाई जाँदा अंकगणितमा बस्नेतभन्दा खनाल ८ हजार मतले अघि देखिन्छन् । यस अंकगणितअनुसार स्वतन्त्रबाट मत काटिएपनि खनालको मत बलियो देखिन्छ किनकि यो क्षेत्रमा स्वतन्त्रहरुले धेरै मत काट्ने बलियो आधार छैन । उनीहरुको चुनावी प्रचारसमेत प्रभावकारी देखिँदैन ।

नेता खनालले यो क्षेत्रमा २०४८ यता तीन दशकको संसदीय यात्रामा २०५६ सालमा बाहेक पराजय भोगेका थिए । अर्को कुरा खनाल यो क्षेत्रको लोकप्रिय नेता हुन् ।

विगतमा नेकपा एमालेबाटै विजयी बन्दै आएको भएपनि स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले राम्रो मत ल्याएको थियो । तर, यो प्रतिनिधिसभा निर्वाचनमा अझ मत बढ्न सक्ने अनुमान गरिएको छ । नेता खनालले पनि स्थानीय तह निर्वाचन यता थुप्रै एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेकाले आफूले चुनाव जित्नेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्