Logo
Logo

सत्ता गठबन्धन २० वर्षसम्म निरन्तर : प्रचण्ड


945
Shares

लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई २० वर्षसम्म निरन्तर रहने दावी गरेका छन् ।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कतिपयले निर्वाचनपछि गठबन्धन के हुन्छ, नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तिमा १५र२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए ।

‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन’, उनले भने ।

‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन, प्रचण्डले भने, ‘यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।

उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्