Logo
Logo

रोटरीका डिस्ट्रिक गर्भनर वैद्यको निधन


1.3k
Shares

काठमाडौं । रोटरी क्लव ३२९२ का डिस्ट्रिक गर्भनर डा. टीकामान वैद्यको निधन भएको छ । उपचारका क्रममा आइतबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा वैद्यको निधन भएको हो ।

वैद्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि थापाथलीस्थित रोटरी क्लबको कार्यालयमा राखिने भएको छ ।

स्वर्गीय वैद्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कात्तिक २९ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म रोटरी क्लबको कार्यालय राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने रोटरी क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्