Logo
Logo

नुवाकोटको दुप्चेश्वरमा आमा छोरीको हत्या


504
Shares

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हत्या भएको हो ।

दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको जानकारी दिए । धारिलो हतियार प्रयोग गरेर उनीहरुको घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पगेको थियो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्