Logo
Logo

दाङमा मंसिर १ देखि ३ गतेसम्म राति गाडी चलाउन नपाइने


378
Shares

दाङ । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवं भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते बेलुका ६ बजेदेखि ३ गते बिहान ६ बजेसम्मलाई स्वास्थ्य सेवा, विद्युत्, कृषि, दुग्ध पदार्थ, माछामासु, शवबहान, इन्धन र टेलिकमका गाडीबाहेक अन्य गाडी चलाउन नपाइने निर्णय गरेको हो ।

चुनावका बेला हुन सक्ने आपराधिक क्रियाकलापलाई रोक्नका लागि जिल्लामा चल्ने अत्यावश्यक सेवाका गाडी बाहेकलाई रातको समयमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्