काठमाडौं । ३० हजार रुपैयाँ घुससहित बैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डे पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुद्धनगरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।
उनीसँग स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ बरामद भएको आयोगले जनाएको छ ।