Logo
Logo

सोलुखुम्बु : वलबहादुरको अगाडि मानवीरले के गर्लान् ?


1k
Shares

सोलुखुम्बु । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । सोलुखुम्बुमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसी चुनावी मैदामा छन् भने उनका प्रतिस्पर्धी एमालेका मानवीर राई रहेका छन् ।

राईले जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा अझ सशक्त रूपमा काम गर्न आफू उम्मेदवार बनेको प्रचार गर्दै आएका छन् । तर, गठबन्धनका साझा उम्मेदवार बलियो भएका कारण चुनाव जित्न उनलाई चुनौती छ ।

बैशाख सम्पन्न स्थानीय निर्वाचनमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मतभारलाई आधार मान्ने हो पनि गठबन्धनका उम्मेदवार केसी बलियो देखिन्छन् । त्यसबाहेक केसी संसदीय राजनीतिमा अअनुभवी हुन् ।

स्थानीय तह निर्वाचनमा सोलुमा कांग्रेसले १९ हजार ६८, नेकपा माओवादी केन्द्रले १२ हजार ४२५ र नेकपा एकीकृत समाजवादीले १६३ मत पाएका थियो भने एमालेले १६ हजार ५९७ मत पाएको थियो ।

यस आधारमा पनि गठबन्धनसँग ३१ हजार ६५६ मत रहेको छ । स्थानीय तह निर्वाचनको मचभारलाई लिएर गठबन्धनका उम्मेदवार केसी आफ्नो जीत हुनेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्