Logo
Logo

रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण


2.7k
Shares

चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ ।

लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ ।

लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा छ । उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेको उजुरीमा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत थापाका अनुसार लामिछानेले एक सातामा जवाफ पठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्