Logo
Logo

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : ओली


504
Shares

सुनसरी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताए ।

देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेलाई जिताउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उल्लेख गरे ।

फरक प्रसङ्गमा ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने बताए । उनले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्