Logo
Logo

रसुवा नाकाबाट रक्सी र चुरोट तस्करी, डेढ करोडको सामान बरामद


378
Shares


काठमाडौं । रसुवा नाका हुँदै रक्सी र चुरोट तस्करी हुन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध रक्सी र चुरोट बरामद गरेको छ ।


भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो ।


अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।


बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाईएको छ । निर्वाचनको मौका छोपी तस्करी हुन लागेको थियो । यसमा केही सरकारी निकायकै मिलेमतोको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्