Logo
Logo

चुनावपछि ५ वर्ष गठबन्धनले नै सरकार चलाउँछ : वर्षमान


567
Shares

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफर हुने बताएका छन् । बिहीबार रोल्पाको लिवाङमा चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका दावी गरेका हुन् ।

उनले भने, ‘धेरैले गठबन्धन टुट्ने बताएका थिए । तर, हामी बीचको सहकार्य दरिलो बनेको छ । गठबन्धन दलबीच शत प्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएको छ ।’

सत्ता गठबन्धन संविधानको रक्षा र मुलुकको समृद्धिका लागि बनेकाले यसले दीर्घकालीन सहकार्य गर्ने उनले बताए ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनले अब समृद्धिका लागि दीर्घालीन सहकार्य गर्ने बताए । चुनावमा सत्ता गठबन्धनको पक्षमा जनलहर देखिएको पनि पुनले दावी गरे ।

चुनावीपछि गठबन्धनकै सरकार हुने बताउँदै उनले उक्त सरकारले मुलुकको आर्थिक स्थितिलाई सबल बनाउने बताए । रोल्पाबाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पुनले भने, ‘जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ । चुनाव पछिको ५ वर्ष सत्ता गठबन्धनले नै सरकार चलाउने छ ।’

प्रतिक्रिया दिनुहोस्