Logo
Logo

निर्वाचनपछि गठबन्धनकै सरकार : चित्रबहादुर


252
Shares

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताएका छन् । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने, ‘केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरुले गठबन्धन निर्माण गर्यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगतितर्फ धकेल्यो ।’

अध्यक्ष केसीले एमालले लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाए । एमालेले पटक–पटक संसद्लाई विघटन गरेर संविधानको मुन्टो निमोठ्न खोजेको आरोप लगाउँदै प्रतिगामीलाई ठेगान लगाउने बताए । गठबन्धनका सरकारले नागरिकको जनजीविकाको पक्षमा काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्