Logo
Logo

मौन अवधिमा राप्रपाका उम्मेदवारले मागे भोट


504
Shares

काठमाडौं । निर्वाचन आयोगको निर्देशनलाई अवज्ञा गर्दै राप्रपाका उम्मेदवारले भोट मागेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको अवस्थामा दाेलखाबाट राप्रपाका उम्मेदवार विजय खड्काले भोट मागेका हुन् ।

बिहीबार मध्यरातिबाट स्थित समय लागू भइसकेको छ । मौन अवधिभर राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । तर दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले एकाबिहानै सामाजिक सञ्जालमार्फत आफुलाई भोट हाल्न मतदातासमक्ष आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु ।’

मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना तथा उम्म्द्वारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्