Logo
Logo

नेपाली पात्रोमा निर्वाचनको अपडेट हेर्न पाइने


2.1k
Shares

काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अपडेट दिने भएको छ ।

नेपाली पात्रोले लोकपथ डटकमसँगको सहकार्यमा निर्वाचनको सम्पूर्ण जानकारी र मतपरिणाम अपडेट दिने नेपाली पात्रोको सञ्चालक कम्पनी जिनियस सिस्टम्स प्रालिका प्रमुख कार्यककारी अधिकृत सन्तोष देवकोटाले जानकारी दिएका छन् ।

निर्वाचन अपडेटबारे नेपाली पात्रो र लोकपत्रबीच हालै सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली पात्रो र लोकपथले आमनिर्वाचन–२०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउने भएको छ ।

नेपाली पात्रो आइओएसको एपस्टोर र एन्ड्रोइडको प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन हो ।

प्रतिक्रिया दिनुहोस्