Logo
Logo

जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त


1.6k
Shares

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बैंककमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री किशिदाले राष्ट्रपति सी समक्ष क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा ‘गम्भीर चासो’ व्यक्त गरेका छन् । त्यहाँ उनीहरुबीच पहिलो आमनेसामने वार्ता भएको हो ।

‘मैले सेन्काकु टापुहरू सहित पूर्वी चीन सागरको अवस्था, चीनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपणलगायतका सैन्य गतिविधिहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छु र मैले ताइवान स्ट्रेटको शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको छु’ किशिदाले पत्रकारहरू माझ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्