Logo
Logo

दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु


0
Shares

खोटाङ । खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ ।

दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।

ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।

शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्