काठमाडौं, १५ भदौं –
राष्ट्रपति विद्यादेवी भण्डारले बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. नारदनाथ भारद्वाजलाई राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गराएकी छिन् । गत साता उनीहरुको नियुक्तिको निर्णय भएको थियो ।
सपथगग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।