Logo
Logo

फर्जी मतदान निष्प्रभावी बनाउन छुट्टै संयन्त्र परिचालन


378
Shares

काठमाडौं । गृह मन्त्रालयले फर्जी मतदान र बुथ कब्जालाई निष्प्रभावी पार्न छुट्टै संयन्त्र परिचालन गरेको छ । निर्वाचन आयोगका अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्ति र सहयोगीलाई तत्काल कारबाही गर्न अधिकार सम्पन्न संयन्त्र परिचालन गरिएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोज्नेलाई तत्कालै कारबाही गर्नका लागि विशेष संयन्त्र खटाइएको छ ।

अवाञ्छित गतिविधिमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित गराउन खोज्नेहरू र त्यसलाई सहयोग पु¥याउनेहरूलाई संयन्त्रले तत्कालै कारबाही गर्ने उनको भनाइ छ ।

मतदानका लागि निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । आयोगका अनुसार १ सय ४१ अस्थायी मतदानस्थलसमेत छन् । त्यस्ता मतदानस्थलबाट कैदी, कर्मचारी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सुचीमा राखेको छ भने ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कमसंवेदनशील सुचीमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्