Logo
Logo

विराटनगरको पुष्प मार्गमा शंकास्पद वस्तु भेटियो


630
Shares

विराटनगर । विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ । निर्वाचनको अघिल्लो शनिबार बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

सडकको छेउमा आज साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्