Logo
Logo

ओखलढुंगामा शंकास्पद वस्तु भटियाे


3k
Shares

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो ।

आज शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फोटक पदार्थ बम भएको आशंका गरिएको छ । उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाउने र घटनाको बारेमा अनुसन्धान गर्नका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिए ।

शंकास्पद वस्तुसँगै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनाव बहिष्कारसम्बन्धी पोष्टर र पर्चा समेत फेला परेको छ । निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसरी त्रास फैलाउने किसीमले आज बिहाज मोरङमा पनि शंकासपद वस्तु फेला परेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्