काठमाडौं । निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउने सक्ने अधिकार सरकारले दिएको छ ।
आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा तथा मतपत्र-÷मतपेटिकको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने निर्देशन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दिएका छन् ।
सुरक्षालाई चुस्त बनाउन फिल्डमा खटिएका सुरक्षाकर्मीलाई प्रष्ट निर्देशन भएको हो । कसैले चुनाव बिथोल्न वातावरण बनाएमा तत्कालै सुरक्षाकर्मीले गोली चलाउने भएका छन् । निर्वाचनलाई भयरहित बनाउन पछिल्लो समय सुरक्षाकर्मीले चुनाव विरोधी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन् ।