Logo
Logo

मतदाता परिचयपत्र छैन ? यी कागजात बोकेर जानुहोस् भोट हाल्न


441
Shares

काठमाडौं । आज देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ ।

तर, मतदाता परिचयपत्र नभएको तर मतदाता नामावलीमा नाम भएको व्यक्तिले परिचय खुल्ने अन्य सरकारी कागजात देखाएर मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले तोकेबमोजिमको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पुर्जा, सवारी अनुमतिपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्र देखाएर पनि मतादन गर्न सकिन्छ ।

अरूको नाममा मत नहाल्न, दोर्होयाएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए–नभएको यकिन गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्