Logo
Logo
आमनिर्वाचन–२०७९

आज पाँच वर्षका लागि आफ्नो प्रतिनिधि आफै चुन्ने दिन


1k
Shares

काठमाडौं । आज मंसिर ४ अर्थात नेपाली जनताले आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि आफै चुन्ने दिन । नेपाली जनताले आज प्रयोग गर्ने अभिमत त्यसकारण अर्थपूर्ण छ ।

बिहान ७ बजेदेखि प्रत्यक्षतर्फ १६५ जना प्रतिनिधिसभा सदस्य तथा ३३० जना प्रदेशसभा सदस्यका देशभर मतदान हुँदैछ ।

त्यसैगरी नेपाल जनताले आफ्नो राजनीतिक दललाई समानुपातिक निर्वाचन प्रणालीमार्फत मतदान गर्दैछन् । प्रत्यक्ष र समानुपातिक गरी २७५ जना प्रतिनिधिसभा सदस्य र ५५० जना प्रदेशसभा सदस्य निर्वाचित हुने छन् ।

संसद भनेको नीति निर्माण गर्ने थलो हो । त्यसैले संसदीय निर्वाचनमा एक मतको पनि ठूलो महत्व हुन्छ । संसदीय निर्वाचनमा अन्य निर्वाचन जस्तो हार र जितको मात्र अर्थ नहुने भएकाले मतदाताले आफ्नो अमूल्य मत ठीक ठाउँमा उपयोग गर्नुपर्ने हुन्छ ।

एक पटक मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती गरे पनि दण्डित गर्न अर्को पाँच वर्ष कुर्नुपर्ने हुन्छ । त्यसैले धेरै कुरा विचार गरेर मात्र मतदान गर्नुपर्छ भनिएको हो ।

नीति निर्माण गर्ने थलोमा राम्रो प्रतिनिधि पुर्याउन सकिए मात्र राम्रो नीति बन्ने भएकाले सबै दृष्टिकोणबाट राम्रो व्यक्तिलाई संसद्‌मा पुर्याउनुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्