Logo
Logo

मतदाता परिचयपत्र नहुनेले के गर्ने ?


630
Shares

काठमाडौं । आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुरूप हुन लागेको यो दोस्रो आमनिर्वाचन हो ।

यसअघि २०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव दुई चरणमा भएको थियो । निर्वाचन आयोगले आफूले जारी गरेको मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कल प्रति आवश्यक पर्ने आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कल प्रति लिएर मतदान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्