Logo
Logo

अर्थमन्त्रीद्वारा बिहान ७ बजे मतदान


504
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बिहान ७ बजे नै मतदान गरेका छन् ।

अर्थमन्त्री शर्माले बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट–५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रमा मतदान गरेका हुन् ।

अर्थमन्त्री शर्मा यसै क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका जनप्रतिनिधि हुन् । उनी २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्