Logo
Logo

माओवादी अध्यक्ष प्रचण्डले गरे मतदान


504
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले आइतबार बिहान भरतपुर–१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।

चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् । जसमा पुरूषभन्दा महिला मतदाता धेरै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्