Logo
Logo

रामचन्द्र पौडेलले गरे मतदान


504
Shares

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र ख बाट पहिलो मत खसालेका हुन् ।

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

आज देशभर १६५ जना प्रतिनिधिसभा र ५ सय जना प्रदेशसभा सदस्यका लागि २२ हजार २२७ मतदान केन्द्रबाट एक साथ मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्