Logo
Logo

आजै बेलुका ८ बजेदेखि मत मतगणना गरिने


630
Shares

काठमाडौं । निर्वाचन आयोगले आजै बेलुकादेखि मतगणना गरिने बताएको छ ।

भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले आजै बेलुका ८ बजेबाट मतगणना सुरु गरिने बताएका हुन् ।

उनले बेलुका मतदान सकिनेबित्तिकै सबै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरिने र ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । त्यस्तै उनले अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने समेत बताए ।

प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह समेत गरे । उनले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्